नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन १२, काठमाडौं । नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले काठमाडौं नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सात जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

सम्बन्धित सामग्री

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाइड्रोपावरको ५.२६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । यसले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्दैछ । यस आधारमा मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । यसले लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा […]

रिडी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक १, काठमाडौं  । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । सभा र नगद लाभांश प्रयोजनार्थ कम्पनीले मंगलवार (एक दिन) बुक क्लोज गर्ने भएकाले सोमवारसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।  सभाको प्रस्तावमा यस कम्पनीले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने बारे छलफल गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रवन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन/थप गर्ने पनि रहेको छ ।

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज १७, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) अन्तिम दिन रहेको छ ।   कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार अर्थात् असोज १८ गते बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ ।  कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ ।  साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ ।  कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ ।  साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज १०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका सोमवार अर्थात् असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।