'टेरामोक्स' बारे प्राधिकरणको स्पष्टाेक्ति : कल र म्यासेज रेकर्ड हुँदैन, सेवाको गुणस्तर र राजस्व बढ्छ

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) को उद्देश्य व्यक्तिगत कल रेकर्ड गर्नका लागि नभएको स्पष्ट पारेको छ । प्राधिकरणले एक सूचना निकालेर टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न टेरामोक्सको कार्यान्वयन गर्न लागिएको जनाएको हो । कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण सङ्कलन हुने भएकाले गोपनीयताको विषय जोडिएको भन्दै प्राधिकरणको टेरामोक्स प्रविधिबारे केहीले प्रश्न पनि उठाइरहेका छन् ।...

सम्बन्धित सामग्री

विद्युतीय भुक्तानी सेवाको गुणस्तर

प्रविधिको पहुँच र ज्ञान बढ्दै जाँदा विद्युतीय भुक्तानीको प्रयोग बढ्दो छ । तर, जति यो सेवाको प्रयोग विस्तारित हुँदै छ त्यो भन्दा बढी जोखिम पनि बढ्दो छ । अबको समय विद्युतीय कारोबारको हो भन्नेमा शायदै विवाद होला । यसैबीच नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने कम्पनीहरूमा भौतिक पूर्वाधार र सुशासनको अभाव भएको देखाएको छ । यसो हुनु भनेको गुणस्तरमा प्रश्न उठ्नु हो । त्यसैले यस्तो अवस्था किन आयो भन्ने प्रश्न महत्त्वपूर्ण छ भने, यसमा सम्बोधन हुनुपर्छ । अनि मात्र सर्वसाधारणको विश्वास बढ्दै जान्छ । राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । त्यसैले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायक कम्पनीहरूलाई भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति दिइरहेको छ । हालसम्म १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २७ ओटा भुक्तानी सेवाप्रदायकले सेवा दिइरहेका छन् । त्यस्तै २० वाणिज्य बैंक, १६ विकास बैंक, १५ फाइनान्स कम्पनी र सात लघुवित्त वित्तीय संस्थाले समेत भुक्तानी सेवा सञ्चालनका लागि अनुमति दिएका छन् । यही कारण राष्ट्र बैंकको तथ्यांकअनुसार विद्युतीय कारोबार आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा २०७९/८० मा १५९ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि निकै सकारात्मक हो ।  नेपाल राष्ट्र बैंकले जसरी धेरै कम्पनीलाई सेवा दिन र प्रणाली सञ्चालन गर्न स्वीकृति दिएको छ त्यसको दाँजोमा यी कम्पनीको व्यवसाय भने राम्ररी चलेको छैन । यी कम्पनीको चुक्ता पूँजी पर्याप्त अनुसन्धान र विकासका लागि खर्च गर्न पुग्ने गरी छैन । कतिपय कम्पनी त अस्तित्व रक्षाका लागि नै संघर्षरत पाइन्छन् । यस्तोमा नियामक निकायले कि त उनीहरूलाई निश्चित मार्गदर्शन गर्नुपर्छ, प्रविधिगत सहयोग गर्नुपर्छ कि त तिनलाई पर्याप्त मात्रामा सुरक्षा र सचेतनाका लागि खर्च गर्न लगाउन सक्नुपर्छ । भुक्तानी प्रणाली र सेवामा एकाध कम्पनीको एकाधिकार नै छ भन्दा पनि हुन्छ । ठूला कम्पनीले पर्याप्त मात्रामा सुरक्षाका लागि खर्च गर्न सक्छन् पनि । तैपनि तिनको पनि सेवामा कहीँ न कहीँ समस्या छ । एटीएमको प्रयोगसमेत राम्ररी गर्न नजान्ने वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङ र क्यूआरमार्फत भुक्तानी गरिरहेका छन् । नियमनका क्रममा फेला परेका समस्या सम्बोधन गर्न राष्ट्र बैंकले विभिन्न नियामकीय निर्देशन र नीतिगत व्यवस्थाहरू पक्कै गर्ला । तर, भर्खर वामे सर्न लागेका यी कम्पनीलाई नियमन कडा गर्नुमात्र पनि पर्याप्त हुँदैन । त्यसमा केही सहजीकरण गरिदिनुपर्छ । अनजानमा आफ्नो पासवर्ड वा पिन अरूलाई दिने गर्दा उनीहरू समस्यामा परेको पाइन्छ । तिनले पैसा गुमाएका खबर पनि आएका छन् । यो त भयो अज्ञानताका कारण सृजित समस्या । तर, विश्वभरि नै अनलाइन ठगीकर्ताको बोलबाला छ । विभिन्न माध्यमबाट बैंकको जानकारी प्राप्त गरेर खाताबाट खुसुक्क पैसा निकालेको पनि पाइन्छ । ह्याकरहरूबाट यस्तो चोरी कसरी रोक्ने भन्नेमा भुक्तानी प्रणाली र सेवाप्रदायक दुवै सतर्क र सचेत हुनुपर्छ । आफ्ना ग्राहकलाई यस्तो ठगीबाट जोगाउनु उनीहरूको पनि दायित्व हो । नियामक निकाय राष्ट्र बैंकले यी कम्पनीको अनुगमन गरेको छ र त्यसक्रममा विभिन्न समस्या रहेको फेला पारेको छ । यस्तो नियमन नियमित प्रक्रिया हो । त्यसो हुँदा नियमनका क्रममा फेला परेका समस्याहरूलाई सम्बोधन गर्न उसले विभिन्न नियामकीय निर्देशन र नीतिगत व्यवस्थाहरू पक्कै गर्ला । तर, भर्खर वामे सर्न लागेका यी कम्पनीलाई नियमन कडा गर्नुमात्र पनि पर्याप्त हुँदैन । त्यसमा केही सहजीकरण गरिदिनुपर्छ । वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्र बैंकले अब विद्युतीय भुक्तानीका लागि समेत विशेष सचेतना कार्यक्रम तय गर्नु आवश्यक देखिन्छ । बैंकहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममा खर्च गर्न लगाउनुमात्रै पनि पर्याप्त हुँदैन भन्ने कुरा राष्ट्र बैंकले बुझ्न जरुरी छ । अर्को महत्त्वपूर्ण कुरा भनेको नेपालको आफ्नो भुक्तानी द्वार नबनाएसम्म विद्युतीय भुक्तानी प्रभावकारी नहुन सक्छ । विदेशी स्वीच वा द्वार प्रयोग गर्दा ठूलो रकम विदेशी बैंकले लगे पनि त्यसलाई रोक्ने गरी भुक्तानी द्वार खडा हुन सकेको छैन ।

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल र डाटा सेवाको गुणस्तर परीक्षाण गरेको छ । प्राधिकरणले काठमाडौंको टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाट लगायतका स्थानमा मोबाइल सेवाको भ्वाइस र डाटाको गुणस्तर परीक्षण गरेको हो ।  गुणस्तरीय परीक्षण गर्ने काम गत असार १२ गतेदेखि २२ गतेसम्म चलेको थियो । उक्त परीक्षणमा नेपाल टेलिकम र स्मार्ट...

मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली

२४ असार, काठमाडौ । मोबाइल सेवाको गुणस्तर अनुभूति मापन गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधिमैत्री एकीकृत सूचना प्रणालीको विकास गरेको छ । बिहीबार प्राधिकरणले आफ्नो २४औं वार्षिक उत्सवमा उक्त प्रणालीको विकास गरेको दूरसञ्‍चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण वासुकलालले जानकारी दिइन् । उनका अनुसार यो प्रणालीमार्फत मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेब एप, यूएसएसडी, आईभीआर लगायतका […]

काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर

राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा फरकफरक समयमा गरेको ‘ड्राइभ टेस्ट’ले तोकिएको सेवाको गुणस्तर पूरा गर्न सेवा प्रदायक असफल भएको देखाएको हो । गत पुस १६ देखि २७ गतेसम्म उपत्यकाका फरक स्थानमा गरिएको उक्त परीक्षणले भ्वाइस कलका लागि तोकिएको मापदण्ड...

मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो ।प्राधिकरणले नेपाल टेलिकम, […]

मोबाइल सेवाको गुणस्तर मापदण्ड कमजोर

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइलसेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययन अनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो । […]

दूरसञ्चार सेवाको गुणस्तर कायम गर

नेपालमा मोबाइल तथा इन्टरनेटको गुणस्तरमा धेरै समयदेखि प्रश्न उठिरहेको छ । मोबाइल सेवाप्रदायकहरूले आफ्नो सेवा चुस्त–दुरुस्त राखेको दाबी गरे तापनि सेवा प्रभावकारी नभएको धेरै गुनासोहरू सामाजिक सञ्जालमा यत्रतत्र पाइन्छ । अझ धेरै जिल्लामा त सेवाग्राहीले सेवा प्रयोग गर्न अग्लो ठाउँको खोजीमा रूख चढेका तस्बिर पनि प्रकाशनमा आएका छन् । यसको अर्थ दूरसञ्चार सेवाप्रदायकको नियामक निकाय […]

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर मापन गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने भएको छ । कुल १८ हजार किलोमिटर समेट्ने गरी प्राधिकरणले तीन प्याकेजमा गुणस्तर मापन परियोजना अगाडि बढाउन लागेको हो ।प्राधिकरणका अनुसार पहिलो प्याकेजमा प्रदेश १ र २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश समावेश […]

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]