काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर

राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा फरकफरक समयमा गरेको ‘ड्राइभ टेस्ट’ले तोकिएको सेवाको गुणस्तर पूरा गर्न सेवा प्रदायक असफल भएको देखाएको हो । गत पुस १६ देखि २७ गतेसम्म उपत्यकाका फरक स्थानमा गरिएको उक्त परीक्षणले भ्वाइस कलका लागि तोकिएको मापदण्ड...