मोबाइल सेवाको गुणस्तर मापदण्ड कमजोर

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइलसेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययन अनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो । […]