नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताएका हुन् ।उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेक