अब छिट्टै नयाँ सरकार गठन हुन्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नयाँ सरकार बन्ने बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्न एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् ।उनले भने, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत् परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंको एक कार्यक्रममा विश्वकर्माले जनताले ओली सरकारको विकल्प खोजिरहेको बताए ।‘जनताले केपी ओली