२० असार, वीरगञ्ज । सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् । शनिबार दिउँसो रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी जमेको थियो । घर–घरमा पानी पसेको छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक भइरहेको […]