वर्षाले मनोहरा सुकुमवासी बस्ती डुबानमा

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे ब

सम्बन्धित सामग्री

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

देउखुरी : गत मंगलवारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन्। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ। स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ। तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी…

अविरल वर्षाले तीन हजारभन्दा बढी घर डुबानमा

देउखुरी– गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ । तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । राप्ती नदी, […]

मनोहरा खोला बस्ति पसेपछि...(फोटोफिचर)

गएरातिदेखि परेको अविरल वर्षाले भक्तपुरको थिमी १ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । वर्षाले उर्लिएको मनोहरा खोला सुकुम्बासी बस्तीमा पसेपछि सोही बस्तिका नागरिकको विचल्ली भएको छ । बस्तिभित्र बाढी...

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।...

भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं । मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती डुबानमा परेको छ भने त्यहाँको प्रहरी प्रभाग पनि डुबानमा परेको छ । प्रहरी कार्यालयभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ भने कार्यालय पछाडि पार्किङ गरिएका […]

बर्दियाको गेरुवा र राजापुर क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौँ विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट […]

राजधानीकै बस्ती डुबानमा

आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ।  शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए। नागरिक दैनिकमा खबर छ ।

पर्साका दर्जनौं बस्ती डुबानमा, एउटा घर ढल्यो

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।