चितवन - चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डे ७ हजारभन्दा धेरै मतले पछाडि पर्नु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार पाण्डेले २० हजार २ सय ७५ मत पाउनु भएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता छ । उहाँले २८ हजार ८३ मत ल्याउनु भएको छ । उहाँ भन्दा पाण्डे ७ हजार ८ सय ८ मतले पछाडि हुनुहुन्छ ।
यस्तै, यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले १९ हजार १ सय ५९ मत पाउनु भएको छ ।