चितवन–१ मा घण्टीको अग्रता कायम, विश्व पौडेल र सुरेन्द्र पाण्डे पछाडि

६ मंसिर, चितवन । चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । ६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ […]

सम्बन्धित सामग्री

चितवन १ मा कसको पल्ला भारी ?

चितवनमा तीनवटा निर्वाचन क्षेत्र छन् । तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि घमासान प्रतिस्पर्धा देखिन्छ । तीनमध्ये क्षेत्र नम्बर १ मा अर्थशास्त्रका दुई ज्ञाता सुरेन्द्र पाण्डे र डा. विश्व पौडेल...

शेयर लगानीकर्ताका चर्चित अनुहार: को कहाँ उठ्दै छन् चुनाव ?

आगामी मङ्सिर ४ मा प्रतिनिधिसभा त्तहा प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कुनै पनि दलमा आवद्द नभएर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर पनि उतिक्कै छ ।शेयर बजारमा सक्रिय रुपमा रहेका केहि लगानीकर्ता पनि आगामी निर्वाचनमा उम्मेदवारको रुपमा देखिने भएका छन् । केहि समय अगाडी नो भोट अभियान चलाएका कतिपय लगानीकर्ताहरु अहिले आफै उम्मेदवार बनेका छन् । शेयरबजारमा सक्रिय रहेका लगानीकर्ता मध्ये सबै भन्दा पहिले हरि ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पुँजीबजारको सुधारको लागि भनिएको आन्दोलनको क्रममा अनसन बसेका उनी चितवनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् । उनले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । हाल यो क्षेत्रबाट एमालेका सांसद सुरेन्द्र पाण्डे सांसद छन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।त्यस्तै अर्का शेयर लगानीकर्ता रोहन कार्की काठमाडौँ २ बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन् । उनले लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । इन्जिनियर तथा व्यवसायी रहेका उनले आफुलाई पुँजीबजारका अभियन्ता, पूर्वाधार त्तहा पुनर्निमाण विज्ञको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल नेकपा एसका माधव कुमार नेपाल सांसद छन् । यद्यपि नेपालले यस पटक यो क्षेत्रमा चुनाव नलड्ने पक्का जस्तै छ । त्यस्तै नयन (नयन्द्र) बास्तोलाले भक्तपुर १ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले सामाजिक संजालमा आफु १० वटा कारणले उम्मेदवार भएको उल्लेख गरेका छन् । यस क्षेत्रबाट हाल नेमकिपाका प्रेम सुवाल सांसद छन् । शेयर लगानीकर्ता बिनोद बजगाई प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट काठमाडौँ २ (क) बाट प्रदेशसभामा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफुलाई पुँजीबजारका अभियन्ता , समाजसेवी तथा युवा व्यववसायीको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल एमालेका सानु कुमार श्रेष्ठ सांसद छन् । उनी बाग्मती प्रदेश सभाका सभामुख हुन् ।यी बाहेक शेयर लगानीकर्ता एकता समितिका संयोजक तिलक कोइरालाले पनि उम्मेदवारी दिने चर्चा छ । यद्यपि उनले यो समाचार तयार पार्दासम्म भने उम्मेदवारी घोषणा गरेका छैनन् ।त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि उनी आफैले भने सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेकी छैनन् ।