काठमाडौँ- चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता लिएका हुन् । पौडेलले २०१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन् ।