चितवन–१ मा दुई अर्थशास्त्रीबीच भिडन्त, कसले मार्ला बाजी ?

हेटौंडा : मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्।आसन्न आम निर्वाचन चितवनको निर्वाचन–१ मा रोचक हुने देखिएको छ। चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको हो। यी दुवै

सम्बन्धित सामग्री

चितवन–१ मा रास्वपाका हरि ढकाल निर्वाचित

काठमाडौं, ८ मंसिर । चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । ढकालले ३४१८९ मत ल्याएका छन् । पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन्।

चितवन–१ मा घण्टी अघिअघि, रुख पछिपछि

काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना देशभर जारी छ । चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । अहिलेसम्म ५४ हजार ७४१ मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले १७ हजार ७७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका बिश्वनाथ पौडेलले १२ हजार ५४५ मत प्राप्त गरेका छन् […]

चितवन–१ मा घण्टीको अग्रता, पछ्याउदै कांग्रेस

काठमाडौं, ६ मंसिर । आइतबार भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायमै राखेका छन् । ढकालले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै ६ हजार ६७ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पाण्डेले ४५ सय २३ मत […]

चितवन १ मा विश्वको अग्रता कायमै, घण्टी दोस्रोमा

१ हजार ४ सय मत गणना हुँदा चितवन १ मा लोकतान्त्रिक वाम गठबन्धका विश्व पौडेलले अग्रता कायम राखेका छन् । उनले ४ सय ८१ मतका साथ अग्रता कायम राखेका हुन् ।

चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

५ मंसिर, चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

चितवन १ मा मतगणना सुरु

चितवन १ मा मतगणना सुरु भएको छ ।  दिउँसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए ।

चितवन-१ बाट कांग्रेसबाट विश्व पौडेल उम्मेदवार

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार बनाएको छ। पौडेल योजना आयोगका उपाध्यक्ष थिए । यसअघि चितवन २ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । सो क्षेत्रबाट रवि लामिछाने पनि चुनाव लड्दैछन् । यस्तै, एमालेबाट कृष्णभक्त पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् ।

स्वर्णिम वाग्लेले पाएनन् टिकट, चितवन १ बाट विश्व पौडेल

चितवन क्षेत्र नम्बर १ मा गठबन्धनकातर्फबाट कांग्रेसले विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन १ मै उम्मेदवार बन्न आकांक्षी रहेका स्वर्णिम वाग्लेले टिकट पाएनन् ।  वाग्लेलाई शेखर–गगनको समर्थन थियो...

चितवन १ मा विश्व पौडेल, २ मा उमेश श्रेष्ठ कांग्रेसको उम्मेदवार

काठमाडौँ – आइतबार हुने मनोनयनका लागि नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ। उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्। त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन […]