नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत भइसकेका लीलामणि पौडेलले गृहजिल्ला गुल्मीमा केही दिन पहिले माओवादी भातृ संगठन वाईसीएलको प्रशिक्षण भेलामा दिएको मन्तव्यलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
माओवादीप्रति विगतमा उनको हल्का ‘झुकाव’ रहेपनि अहिले आएर उनले एमालेभन्दा माओवादी फरक भनेर दिएको मन्तव्यले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।
‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो । पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवा...