२३ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग–२०७५ का क्रममा घुँडामा चोट लागेपछि ‘गुमनाम’ बनेका सागर पुन आक्रामक इनिङसहित बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा देखापरे । उनको अविजित ४६ रनको मद्दतमा एनआरएन टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । जितले टिमको आत्मविश्वास मात्र बढाएको छैन, सागरलाई फेरि राष्ट्रिय टिममा फर्किने आश […]