संसदमा उठ्यो धुर्मुस सुन्तलीले अलपत्र पारेको रंगशालाबारे प्रश्न : खेलाडीको तलब बढाउन दिए यस्तो सुझाव

काठमाडौं : आइतवारको प्रतिनिधिसभामा खेलकुद क्षेत्रले पनि चर्चा पाएको छ। संसदमा क्रिकेटले पाएको सफलतादेखि फुटबलका खेलाडी पलायन र चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय स्टेडियमसम्मको विषय उठे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले फुटबल खेलाडी विदेशिरहेकोबारे सरकारको ध्यानाकर्षण गराए। शाहीले खेलकुदमा बजेट अत्यन्तै न्युन भएको गुनासो गर्दै सांसद र मन्त्रीहरुको स्वकीयको तलबभत्ता कटाएर…