२२ वैशाख, सप्तरी । छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा […]