सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।  घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजीत यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बर