नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्र झण्डै ५ घण्टापछि शुरू भएको छ । शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दशत्र ढिलो गरी शुरू भएको हो ।
अध्यक्ष केपी शर्मा ओली पौने १ बजे बन्दशत्र स्थलमा आइपुगेका थिए । ओली भर्खरै हल प्रवेश गरेका छन् ।
बन्दशत्रको शुरूमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
विदेशी प्रतिनिधिहरुलाई बोल्न दिइसकेपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ ।
सहमतिको प्रयास स्वरुप शुक्रवार मध्यरात...