जनकपुरधाम : पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन्। नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ।अरगरियाले भने, 'धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले