सीमा नाका खुला गर्न माग गर्दै सर्लाही कांग्रेसका नेताहरूले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । भेटमा नेताहरूले गृह मन्त्रालयबाट स्थानीय प्रशासनलाई परिपत्र गर्दै नाका अविलम्ब खुलाइदिन आग्रह गरेका थिए । जवाफमा गृहमन्त्रीले प्रशासनलाई परिपत्र गर्ने आश्वासन दिए ।