झापा : झापाको भद्रपुर र भारतको बिहार तथा बंगाल राज्य जोड्ने मेची नदीमा निर्माण भएको पुल डेढ वर्षदेखि बन्द छ। ३७ करोड रुपैयाँमा निर्माण भएको भद्रपुर–गलगलिया सीमा नाका लामो समयदेखि बन्द भएको हो।पहिलो चरणको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ देखि भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो। संक्रमणदर घट्दै गएपछि सरकारले देशभरका ३० वटा नाका खुला गरे पनि झापाकै ठूलो नाका भद्रपुर–गलगलिया नाका खुला गरेन।झापाकै काँकडभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका मात्र