काठमाडौँ : नेपाली व्यापारीले चिनियाँ नाका खुलाउन माग गरेका छन्। उत्तरी छिमेकी चीनसँगका व्यापारिक नाका लामो समयदेखि बन्द छन्।१ हजार ४१४ किलोमिटर लामो सीमा साझा गरेको छिमेकीसँगका नाका खुलाउन नसकेको भन्दै व्यापारीले उक्त नाका खुलाउन माग गरेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच जम्मा ६ वटा व्यापारिक नाका भए पनि पनि दुईवटा नाकाबाट मात्रै विशेष कारोबार हुने गरेको थियो।रसुवागढी, तातोपानी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला ६ वटा व्याप