चीनसँग कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग

चीनसँग जोडिएको ताप्लेजुङको ओलाङचुङगोला नाका खुलाउन सांसद उर्मिला थेबेले माग गरेकी छन् ।

सम्बन्धित सामग्री

टिप्ताला नाका खुलाउन पहल

झन्डै चार वर्षदेखि बन्द ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका खुलाउन सीमावर्ती क्षेत्रका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीले आआफ्नो क्षेत्रबाट पहल गर्ने सहमति गरेका छन् । सीमावर्ती क्षेत्र ताप्लेजुङ र चीनको डिङजे काउन्टीका जनप्रतिनिधि तथा प्रशासन प्रमुखसहितले सोमबार दुई घण्टा भर्चुअल बैठक गरेका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दुवै क्षेत्रबाट आफ्नो देशको माथिल्लो निकायमा यो विषयमा पहल गर्ने विषयमा छलफल भएको बताइन् ।

टिप्ताला नाका खुलाउनेबारे चिनियाँ र ताप्लेजुङका प्रतिनिधिहरूबीच छलफल

चीनमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको ओलाङचुङगोला टिप्ताला भञ्ज्याङ नाका खुलाउने विषयमा सीमावर्ती क्षेत्रका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीले आ-आफ्नो क्षेत्रबाट पहल गर्ने सहमति गरेका छन् ।