कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको टकराव कायमै छ । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको र एकलौटी तरिकाले अघि बढ्न खोजेको भन्दै माओवादी केन्द्रले संसद बहिस्कार गरेको थियो ।बुधबार बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गियो भने सत्ताधारी दुई दलका नेताहरुबीच आरोप–प्रत्यारोपको शृङ्खला जारी छ । बुधबार सर्वदलीय बैठकमा सहभागी हुनुभन्दा अघि माओवादीले संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्रीको कदम सत्तारुढ दल भन्दा पनि प्रतिपक्षसँग सौहार्द