संघीय सरकार र बागमती सरकारबीच टकराव

हेटौंडा : ऐन निर्माण र संशोधनको विषयमा संघीय सरकार र बागमती प्रदेश सरकारबीच टकराव परेको छ।संघीय सरकारले अध्यादेश जारी गर्दै बागमती प्रदेश सरकारको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि यी दुई सरकारबीच टकराव परेको हो। संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा अध्यादेश जारी गर्दै संघीय सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको छ।संघीय सरकारले अध्यादेशमार्फत प्रदेश सरकारसँग समन्वय नै नगरी संविधानले प्रदेशलाई दिएको अधिकार कटौती गरेपछि संघीय सरकारसँग प्रदेश सरकार रुष्ट ब