नेपाली सेनाले काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) ठेक्का सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाएको २ बाकस जवाफ हलमा थन्किएको छ ।
राजनीतिक दलले प्रयोग गर्ने र विभिन्न व्यक्तिको सहज पहुँच हुने लेखा समितिको हलको कुनामा सेनाले पठाएको जवाफका २ बाकस राखिएका छन् ।
यसअघि दिएको निर्देशन पुनर्विचार गर्न सेनाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको थियो । सेनाले आग्रहसँगै समितिले मागेका आवश्यक कागजात र प्रमाणहरू २ बाकसमा पठाएको थियो ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई ...