कर्णाली प्रदेशसभा : महालेखाको प्रतिवेदन स्वीकृत

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको तेस्रो बैठकबाट सार्वजनिक लेखा समिति प्रतिवेदन २०८० महालेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ।आज (सोमवार) बसेको प्रदेशसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले प्रदेशसभामा पेश गरेको प्रतिवेदन पारित भएको हो। उक्त प्रतिवेदनमाथि प्रदेशसभाका सदस्यहरुले छलफल गरेपछि स्वीकृत भएको हो। समिति सभापति मल्लले सभामा पेश गरेको सार्वजनिक लेखा समिति २०८०, महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुबारे भएका कामकारबाही सम्बन्धमा