बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो । ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसिखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीत भण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो