हिउँदे वर्षा नहुँदा किसान चिन्तित

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन्। चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ। ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन’, महोत्तरीको बलवा–१० धमौराका हासिम...

सम्बन्धित सामग्री

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

काठमाडौं – लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन्। जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन्। दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ […]

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी- माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा–१० धमौराका हासिम राइनले भने, “एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै प...

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी- माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा–१० धमौराका हासिम राइनले भने, “एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै प...

हिउँदे वर्षाले किसानलाई राहत

हिउँदे वर्षा भएपछि पाल्पालगायत पहाडी जिल्लाका किसानमा खुसीयाली छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा असोजपछि पानी नपर्दा किसान चिन्तित थिए । आइतबार रातिदेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि विकास अधिकृत कामना अधिकारी भट्टराईले बताइन् ।

खडेरीले सुक्यो गहुँबाली

म्याग्दी । लगातारको खडेरीले म्याग्दीसहित धवलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिम साता लागिसक्दा समेत हिउँदे वर्षा हुन सकेको छैन । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए । ‘खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमीनमा मकै रोप्नसमेत ढिलाइ भएको छ,’ उनले भने । गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए । ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ,’ उनले भने । खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बुढाले बताए । खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए । बर्खे बालीमध्येको मकैमा जंगली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जंगली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरू बताउँछन् । यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमीन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमीनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । रासस

हिउँदे वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित

सर्लाही । यसपटकको हिउँद माघ मध्य हुँदा सम्म पनि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानहरु चिन्तित भएका छन् । हिउँदे वर्षा नहुँदा खेतबारीका बाली विरुवा सुक्दै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाई छ । हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जान सक्ने गाउँका अग्रजहरु बताउँछन् । हिउँदे वर्षा […]

हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित

१२ माघ, महोत्तरी । माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । यसपाली पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन […]

हिउँदे वर्षा नहुँदा सुक्न थाल्यो बाली

म्याग्दी । लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउलगायत) बाली सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली (धान र कोदो)को उत्पादनमा कमी आएको छ । हिउँदेबाली पनि सुक्न थालेपछि उत्पादनमा कमी आउने भन्दै यहाँका किसान चिन्तित भएका छन् । पानी नपर्दा हिउँदेबाली सुक्न थालेको हो । यस वर्ष गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु र तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने भन्दै चिन्तित बनेका छन् । यहाँ करीब ९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । म्याग्दीमा ५२ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि  नभएको क्षेत्रमा हिउँदेबाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

वर्षा नहुँदा सुक्न थाल्यो बाली, किसान चिन्तित

लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउ) लगायत तरकारी खेती सुक्न थालेको छ ।

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो । “ल हेर्नोस्, अब पारिलो घाम लागेर जीउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुशी नै हुनुपर्ने हो”, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भन्नुभयो, “ यसपालि पानी नपरी हिउँद बित्यो, आउने दिन खुशीका हुने छैनन् ।” हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र अब चाँडै पानीका मुहान सुक्दै जाने उहाँले चिन्ता व्यक्त गर्नुभयो । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका–४ पलारका ७० वर्ष उमेरकै किसान चौठी बाँतर बताउनुहुन्छ ।