बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित

दुल्लु । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, […]

सम्बन्धित सामग्री

बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

अर्घाखाँची - अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जाेगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।  किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन  लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छाैँ।' सन्धिखर्क २ भलायडाँडाका ...

फौजी किराले मकै सखाप, किसान चिन्तित

बैतडी- बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्य बालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान […]

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप : मकै सखाप

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि …

अमेरिकन फौजी किराले मकै सखाप

काठमाडौँ – बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो। त्यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर […]

मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहा

फौजी किराको आतङ्क : मकै सखाप परेपछि किसान चिन्तित

प्रमुख आलेले भने, “फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह मार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।” फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ ।

मकैको बोटमा गभारो रोग लाग्दा किसान चिन्तित

जेठ ८, बैतडी । अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो ।  पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गभारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए ।  मकै उम्रदा खेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा लागेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबैभन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ ।  मकैको बोटको पातमा प्रवेश गरेर पात खाएर बोटको भित्रको गोभामा प्रवेश गर्ने किसानले बताएका छन् । पातसँगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खाली हुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताए । ‘गहुँ पनि भएन खेतको मकैमा पनि रोग लाग्न थाल्यो । पाखोमा लगाएको मकैमा पनि रोग नै लाग्छ भने अब भोकले मर्नुपर्ने हो’ निरास भएर उनले भने । बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तीन बाली लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् । पाखो जमिनमा भने गहुँ, मकै र कोदो रोप्ने गर्दछन् । किसानको गुनासो आएपछि आफू फिल्ड गएको र मकैमा गभारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताए । ‘अहिले वडामा त्यो रोग नियन्त्रण गर्ने विषादी नभएकाले गाउँपालिकामा विषादीको लागि माग फारम पठाएका छौँ’ उनले भने । फियराडम विषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैँसीको गहुँतमा पाँच लिटर पानी मिसाएर छर्के पनि गभारो रोग केहि कम हुने कृषि प्राविधिक बताउँछन् । अहिलेसम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्य प्रमुख दिल बहादुर सिंहले बताए ।

फौजी किराले मकै नष्ट

सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यसवर्ष पनि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ ।कोरोनाको संक्रमण जारी रहेका बेला सुनसरीका केही ठाउँमा देखा परेको र फौजी किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए […]

फौजी कीराले मकै नष्ट गर्न थाल्यो

दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी कीराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो कीराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो कीराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा कीरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा कीरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।