लोसपाले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढङ्गले निर्वाह गर्छ : जितेन्द्र सोनल

जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश २ का संसदीय दलका नेतामा जितेन्द्र सोनलले आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्ने बताएका छन् । सोमबार राति लोसपा प्रदेश २ को संसदीय दलको नेता चयन भएका सोनलले रातोपाटीसँग मंगलबार कुरा गर्दै आफ्नो पार्टीले जनताको पक्षमा आवाज उठाउने बताए । प्रदेश २ मा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको संयुक्त सरकार रहँदा लोसपा नै सबैभन्दा ठुलो विपक्षी दल बनेको छ । विपक्षमा रहेको एमालेको ८ सांसद छन् भने लोसपाका १६ सांसद

सम्बन्धित सामग्री

जितेन्द्र सोनल बारा ४ (२) बाट विजयी

वीरगंजः बारा ४ (२) को प्रदेश सभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सोनल फराकिलो मतान्तरले विजयी भएका हुन्। सोनलले १३ हजार ५९६ मत पाउँदा जसपा–एमाले गठबन्धनका उम्मेदवार आत्माराम साहले ८ हजार २६९ मत पाए।

लोसपाका सोनल र एमालेका चौधरी प्रदेशसभा सदस्यमा विजयी

बाराको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र (ख) मा एमालेका देवनारायण चौधरी प्रदेश सभा सदस्यमा बिजयी बनेका छन्।...

५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेंः जितेन्द्र सोनल

काठमाडौं, ३० असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले आफ्नो विजय निश्चित भएको बताएका छन् । ‘म आफ्नो पुरानै क्षेत्र बारा ४ (ख) बाट उठेको छु । यसपालि अझ धेरै जनताको माया, स्नेह र प्रेम पाएको छु । म गठबन्धनको साझा उम्मेदवार हो । मधेस प्रदेशमा हाम्रो तालमेल भएको छ । त्यसैले […]

प्रदेश २ को ग्रेटर पहिचान भनेकै ‘मधेस’ होः जितेन्द्र सोनल

काठमाडौं, ९ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश २ को पहिचान नै ‘मधेस’ भएकाले त्यही नाम राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सोनलले भने, “राज्यसँगको हाम्रो संघर्ष र लडाइँ पहिचानमा आधारित छ । हाम्रो संघर्षको महत्त्वपूर्ण मुद्दा […]

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

जितेन्द्र सोनल भए प्रदेश २ मा लोसपा संसदीय दलको नेता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नम्बर २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

लोसपा प्रदेश २ संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार जनकपुरधाममा  बसेको लोसपा संसदीय दलको बैठकले सोनललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो । ...

जितेन्द्र सोनल भए लोसपाको प्रदेश २ मा संसदीय दलको नेता

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय (मत) बुझेका थिए।जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए। एक जनाले तटस्थ बस्ने बताएका थिए।त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता र

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।...