रिपोर्टर्स क्लबले मधेश आन्दोलनको बेलामा पनि हाम्रो आवाज बुलन्द गर्यो : जितेन्द्र सोनल

काठमाडौं, १७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले रिपोर्टर्स क्लब नेपालले देशको संविधान र व्यवस्थाको पक्षमा आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गरोस भन्ने शुभकामना दिएका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘क्लबले विभिन्न आन्दोलनमा संगठित रुपमा जनताको आवाज बनेर भूमिका खेलेको छ । […]

सम्बन्धित सामग्री

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो ।

लोसपा मधेश प्रदेशले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा¬)ले मधेश प्रदेशको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ। जनकपुरधामस्थित एक होटलमा दिउँसो १२ बजे बस्ने बैठकमा छलफल गरेर नेता चयन गर्ने तयारी छ। बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाले जनाएको छ। लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित नेता […]

लोसपा मधेश संसदीय दलको नेता चयन शुक्रबार

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशले संसदीय दलको नेता चयन गर्न शुक्रबार बैठक बोलाएको छ।जनकपुरधामस्थित होटेल सिटी स्टारमा भोलि बिहान साढे ११ बजे बस्ने संसदीय दलको बैठकबाट नेता चयन गरिने धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताए। उनका अनुसार बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमात्र निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ।लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित व्यक्ति हुन्। यसअघि पनि उनी नै

मधेश सरकारको जनकपुरधाम केन्द्रित आन्दोलन औचित्यहीन : लोसपा

२९ साउन, जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ । लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ । लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक […]

एमसीसीबारे सत्तारुढ पार्टीले साझा धारणा तय गर्न नसक्नु दु:खद : जितेन्द्र सोनल

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सत्तारुढ गठबन्धनका पार्टीहरुको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे साझा धारणा र दृष्टिकोण बनाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले संसदबाट एमसीसी पास गर्ने अन्तिम बटमलाइनसम्म पनि साझा धारणा तय गर्न नसक्नु दुःखद् भएको बताए। ‘हामी केन्द्र र प्रदेश सरकारको प्रतिपक्षमा छौँ। तर पनि एमसीसी देशको लागि हितकर…

मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन

जनकपुरधाम । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष […] The post मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

पदबाट बर्खास्त सोनलले छाडे मन्त्री निवास, 'प्रदेशमै रहेर काम गर्छु'

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट एक सुटकेस लिएर मोटरसाइकल चढी बिदा भएका छन्। मन्त्रीहरुको क्वार्टर रहेको मधेश भवनबाट बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो…