जितेन्द्र सोनल बारा ४ (२) बाट विजयी

वीरगंजः बारा ४ (२) को प्रदेश सभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सोनल फराकिलो मतान्तरले विजयी भएका हुन्। सोनलले १३ हजार ५९६ मत पाउँदा जसपा–एमाले गठबन्धनका उम्मेदवार आत्माराम साहले ८ हजार २६९ मत पाए।

सम्बन्धित सामग्री

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारःबारा क्षेत्र नं. १प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)बारा क्षेत्र नं. २प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)प्रदेशसभा २(१): सारदा संकर कलवार (स्वतन्त्र)प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)बारा क्षेत्र नं. ३प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)बारा क्षेत्र नं. ४प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)

बारा-४ (ख) मा लाेसपाका जितेन्द्र सोनल विजयी

वीरगञ्ज- बाराको क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्यमा लाेसपाका जितेन्द्र साेनल विजयी भएका हुन्। सोनल १३ हजार ५९६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका आत्माराम साहले ८ हजार २६९ मत प्राप्त गरे। सोनल यस क्षेत्रबाट लगातार दोस्रोपटक प्रदेशसभा सदस्यमा जितेका हुन्। ०७४ सालमा पनि उनले जितेका थिए।

बारा ४ को प्रदेश सभा (ख) मा लोसपाका जितेन्द्र सोनार विजयी

बारा – बारा क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) लोकतान्त्रिक समाजवादी (पार्टी लोसपा)का जितेन्द्र सोनल विजयी हुनुभएको छ । सोनलले जनता समाजवादी पार्टीका आत्माराम साहलाई ६ हजार २ सय ७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।  सोनलले १३ हजार ५ सय ९६ मत ल्याउनुभयो । जसपाका साहले ८ हजार २ सय ६९ मत प्राप्त गर्नु भयो ।

बारा ४ मा प्रदेशसभातर्फ एउटा क्षेत्रमा एमाले र अर्को क्षेत्रमा लोसपा विजयी

बारा निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यतर्फ ९क० मा देवनारायण चौधरी र (ख) मा जितेन्द्र सोनल विजयी भएका छन् । प्रदेशसभा सदस्य (क) मा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पछि पार्दै एमाले उम्मेदवार चौधरी विजयी भएका हुन् । चौधरीले १३ हजार २१३ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले ८ हजार ५०९ मत प्राप्त गरे । त्यसैगरी ४ (ख) मा एमाले–जसपा गठबन्धनका उम्मेदवार आत्मराम साहलाई पछि पार्दै लोसपा नेपालका जितेन्द्र सोनल निर्वाचित

बारामा लोसपाका सोनलको प्रदेशसभामा निर्वाचित

७ मंसिर, बारा। बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्‍मेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् । सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत […]

५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेंः जितेन्द्र सोनल

काठमाडौं, ३० असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले आफ्नो विजय निश्चित भएको बताएका छन् । ‘म आफ्नो पुरानै क्षेत्र बारा ४ (ख) बाट उठेको छु । यसपालि अझ धेरै जनताको माया, स्नेह र प्रेम पाएको छु । म गठबन्धनको साझा उम्मेदवार हो । मधेस प्रदेशमा हाम्रो तालमेल भएको छ । त्यसैले […]

बारा ४ मा यस्तो छ मनोनयन दर्ताको अवस्था

बारा : बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट एकवाल मिया, प्रदेश सभा सदस्य क का लागि देवनारायण चौधरी, प्रदेश सभा सदस्य ख का लागि जसपाका आत्मराम साहले मनोनयन दर्ता गराएका छन्। एमाले र जसपाबीच गठबन्धन छ।त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व श्रममन्त्री किसान श्रेष्ठ (एकीकृत समाजवादी), प्रदेश सभा सदस्य क का लागि क्षेत्र बहादुर श्रेष्ठ अनिल ( माओवादी) र प्रदेशसभा सदस्य ख का लागि जितेन्द्र सोनल (लोसपा) ले मनोनयन दर्ता गराएका छन्।त्यसैगरी राप्रपाका रोहन