हिजोआज एमसिसीसम्बन्धी सामग्रीहरूको अध्ययनले नेपालको विकास र राजनीतिमा चासो राख्ने सबैको दिमाग हल्लिएको छ। ती सामग्रीहरूले मेरो पनि मथिंगल हल्लिएको छ। यसै गरी निरन्तर त्यस्तै सामग्रीहरू ‘सेवन’ गर्दै जाने हो भने मानसिक सन्तुलन खल्बलिन सक्छ। पाठकहरूलाई पनि आआफ्नो मानसिक स्वास्थ्य प्रति संवेदनशील हुन अनुरोध गर्दछु। एमसिसी विवादमा मूलत: दुइ परस्पर विरोधी समूह छन्।एउटा समूह अलि सानो देखिन्छ सडकदेखि सदनसम्म, पत्रिकाका पानादेखि सामाजिक संजालका भित्तासम्म, युट्युबदेखि टेलिभिजनका प