महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

काठमाडौं, (नेस) । महिला उद्यमी महासंघ नेपालले अनलाइनमर्फत् भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले भदौ १७ देखि २१ गतेसम्म ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पा“चौ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो । महासंघले भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गते भर्चुअल माध्यमबाट गर्नुहुने […]

सम्बन्धित सामग्री

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।...

महिला उद्यमी महासंघले छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने

महिला उद्यमी महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने भएको छ।...

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला समापन

काठमाडौं (अस) । महिला उद्यमी महासंघले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको पाँचौं संस्करण सम्पन्न भएको छ । कोरोना महामारीका कारण महासंघले गत भदौ ६ देखि २१ गतेसम्म आयोजना गरेको पाँचौं अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सोमबार सम्पन्न भएको हो । महासंघले अनलाइन प्लाटर्फममा स्थान उपलब्ध गराउँदै यो वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ नाराका साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो । व्यापार मेलामा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय महिला उद्यमीले भर्चुअल प्रविधिमार्फत आफ्ना उत्पादन बिक्रीमा राखेका थिए । मेला सञ्जाल निर्माण, सीप तथा ज्ञानको आदानप्रदान तथा उत्पादनलाई बढावा दिन सफल भएको दाबी महासंघको छ । काठमाडौंलगायत नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघमा आबद्घ महिला उद्यमीले सहभागिता जनाएको भर्चुअल व्यापार मेलामा महिला उद्यमीबाटै उत्पादित सामग्री प्रदर्शन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताले भर्चुअल माध्यमबाटै खरिद तथा बिक्री गरेको महासंघले जनाएको छ । मेलामा  महिला उद्यमीका उत्पादन अनलाइन ई–पोर्टलमार्फत प्रदर्शन गरिएको थियो भने वीनबिज साइटबाट बिक्री गरिएको थियो ।  महिला उद्यमीका उत्पादन सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो । भर्चुअल व्यापार मेलामा सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११३० वटा सामाग्रीलाई विभिन्न ४ समूहमा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो । भर्चुअल मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको महासंघले जनाएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरू

महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताए । उनले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताए […]

महिला उद्यमीहरूको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो ।