प्रशान्त सिंहले छाडे डा.भट्टराईको साथ

जनता समाजवादी पार्टी जसपा मा डा बाबुराम भट्टराई एक्लिँदै गएका छन् । नयाँ शक्ति बनाएदेखि सँगै रहेका प्रशान्त सिंहले पनि डा भट्टराईको साथ छाडेका हुन् ।उनी जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘म पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछु। म उहा तथा मेरा अग्रज तथा समकक्षीहरु द्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी (पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

सम्बन्धित सामग्री

मधेश-ठोरीदेखि महुलीसम्म : केही दृश्य, केही मनोदशा

मधेशले संघीयता र स्वशासनको नेतृत्व त गर्‍यो तर सुशासनको प्रत्याभूति गर्न नसक्ने हो भने यसैको भारले थिचिएर प्रदेशको विकास, न्याय र समृद्धि निसासिएर मर्न सक्ने डर प्रदेशवासीमा छ । मधेशका राजनीतिक शक्ति र आन्दोलनले यो चिन्ताको यथोचित सम्बोधन गरून् ।

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बेल्डाँडी गाउँपालिका–१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई से५प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी–२ स्थित साना किसान कृषि […]

‘ठूला र पुराना दल भुत्ते भए, नयाँ विकल्पबारे सोचौँ’

दाङ – प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि भन्दै देश दौडाहमा निस्किएकाहरुले आइतबार लमहीमा संवाद गरेका छन्। ‘प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि संवाद अभियान’ नाम दिएर ६ जना अभियन्ताहरुले लमहीमा संवाद गरेका हुन्। राजनीतिक विश्लेषक  केशव दाहाल, मुमाराम खनाल, डम्बर खतिवडा, सुरेन्द्र चौधरी, प्रशान्त सिंह र अशोक श्रेष्ठले स्थानीय अगुवाहरुसँग संवाद गरे। देशका ठूला र पुराना भन्ने दलहरुले […]

बाबुराम पार्टी फुटाउन लागेकाले कारबाही गरेका हौँ : उपेन्द्र

काठमाडौं :  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन्।शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरूले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताएका हुन्।बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र

जसपाबाट हटाइए बाबुराम भट्टराई, अशोक राई बने संघीय परिषद् अध्यक्ष

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।पर्साको वीरगञ्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।भट्टराईका साथै गंगानारायण श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, महेन्द्र राय यादव,  दानबहादुर चौधरी, भक्तबहादुर शाह, रमेश यादव र दुर्गा सोब पदमुक्त भएको संस्थापन पक्षका एक नेताले बताए।वीरगञ्जको बैठक बहिस्क

जसपा बैठक: डा. भट्टराईसहित ९ जना पदमुक्त, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगञ्ज-  जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो। बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय सदस्य मधु सिंहले जानकारी दिइन्। डा. भट्टराईसँगै  गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय […]

बाबुरामसहित नौजना जसपाबाट निष्कासित, अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी

जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ ।पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।

जसपाबाट निकालिए बाबुराम, संघीय परिषद् अध्यक्षमा अशोक राई

३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले  भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, […]