बाबुराम पार्टी फुटाउन लागेकाले कारबाही गरेका हौँ : उपेन्द्र

काठमाडौं :  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन्।शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरूले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताएका हुन्।बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र

सम्बन्धित सामग्री

बाबुराम भट्टराईद्वारा कारबाही खारेजीको माग

काडमाडौं, असार ३२। जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गर्नुभएको छ । अध्यक्ष […]

बाबुराम पक्षले खारेज गर्‍यो उपेन्द्रको कारबाही, ‘अराजनीतिक र अनैतिक निर्णय’

काठमाडौँः जनता समाजवादी पार्टी अहिले फुटको संघारमा छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका फरक फरक बैठक चलिरहेका छन्। दुबै पक्षले एकअर्कालाई आरोपित गर्दै कारबाही गरिरहेका छन्। दुबै पक्षका केन्द्रीय कमिटी बैठक पनि हालै सकिएका छन्।  बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा केन्द्रीय…

पार्टी पुनर्गठनको विकल्प रहेन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन् । ‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी

पार्टी फुटाउने प्रयास गरेको भन्दै डा. बाबुराम भट्टराईलाई कारबाही

काठमाडौं।जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईलाई पार्टीमा फर्किने ठाउँ बाँकी नै रहेको सन्देश दिएका छन्।वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला नलगाएको बताएका हुन्।

पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।  शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए ।  बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हि

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ […]

नयाँ पार्टी खोल्दै बाबुराम

अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।  'अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं', जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, 'उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । 'काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको

बाबुराम भट्टराईमाथि कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गर