‘ठूला र पुराना दल भुत्ते भए, नयाँ विकल्पबारे सोचौँ’

दाङ – प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि भन्दै देश दौडाहमा निस्किएकाहरुले आइतबार लमहीमा संवाद गरेका छन्। ‘प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि संवाद अभियान’ नाम दिएर ६ जना अभियन्ताहरुले लमहीमा संवाद गरेका हुन्। राजनीतिक विश्लेषक  केशव दाहाल, मुमाराम खनाल, डम्बर खतिवडा, सुरेन्द्र चौधरी, प्रशान्त सिंह र अशोक श्रेष्ठले स्थानीय अगुवाहरुसँग संवाद गरे। देशका ठूला र पुराना भन्ने दलहरुले […]

सम्बन्धित सामग्री

सामूहिक बलात्कारको त्रासदीबाट पीडित भारतीय महिला

प्रत्येक बलात्कारले समाजको संवेदनालाई भुत्ते बनाउँदै अर्काे बलात्कार स्विकार्न तयार पार्छ र यस्तो कुकर्म सामान्य हुँदै जान्छ म्बईको खचाखच भरिएको सिनेमा हलमा मेरी भतिजीले मेरी भाउजूसँग पहिलोपटक सामूहिक बलात्कारबारे सोध्दै गर्दा...

संस्थागत रणनीतिक व्यवस्थापन भुत्ते बन्दै

व्यवस्थापकीय अवधारणा सांयोगिक हुने गर्छ । स्रोतसाधनको उच्चतम परिचालनद्वारा उद्देश्य प्राप्त गर्ने कला नै व्यवस्थापन हो । समग्र अवस्थाअनुसारको कार्यपद्धति, वातावरणअनुसारको रणनीति, लक्ष्यनिर्देशित कार्यहरूबाट तुलनात्मक लाभ लिन अधिकांश संस्थाहरू चुकेको देखिन्छ । प्रतिस्पर्धात्मक लाभका लागि रणनीति जरुरी छ । रणनीति विना २० प्रतिशत खर्च गरेर ८० प्रतिशत उत्पादन गर्न सकिँदैन । यसका लागि व्यवस्थापकहरूमा दूरदर्शी सोच, पारदर्शी लक्ष्य र उद्देश्य हुनुपर्छ । त्यस्तै उद्देश्यको कार्यान्वयन गर्न कर्मचारी उत्प्रेरणा जरुरी छ । कर्मचारी किन धेरै भर्ना गरियो, उचित व्यक्ति, उचित कार्य र उचित स्थान हुन सक्यो कि सकेन, कर्मचारीको कार्य विशिष्टीकरणको आधारमा कार्य विवरण तयार गरियो कि गरिएन, प्रतिकर्मचारी उत्पादकत्वको लेखाजोखा भयो कि भएन भन्ने तर्फ ध्यान दिनुपर्छ । अधिकांशको बुझाइमा संस्थागत रणनीति राजनीतिबाट प्रभावित भएको हुँदा रणनीतिक व्यवस्थापन भुत्ते खुकुरी सावित भएको छ । रणनीतिक व्यवस्थापन भनेको कुनै पनि संगठनको लक्ष्यप्राप्तिका लागि सबै मिलेर उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै प्रतिस्पर्धात्मक फाइदा लिनु हो । संगठनात्मक विकासविना जनताको मुहारमा खुशी आउँदैन न त उत्पादकत्व र नाफा नै उच्च हुन्छ । राजनीतिक नेतृत्वमा चाहिँदोभन्दा बढी भिजन भयो तर मिशनमा चुक्यो । कार्यान्वयन पक्ष ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै अवस्थामा रह्यो । असम्भव कुरालाई भोलि नै सम्भव हुन्छ भने जस्तो गरियो । दूरदृष्टि कार्यान्वयन गर्न समय सुहाउँदो कार्यान्वयनको तालिका र विवरण पनि हुनुपर्नेमा सपना धेरै बाँडियो, काम कम भयो । राष्ट्रिय गौरवका आयोजना भनूँ वा एउटा संगठनभित्रको सुधार सबैमा नीति धेरै काम थोरै भएका कारण जनतामा चरम निराशा देखिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा वस्तु तथा सेवाको गुणस्तर र बजार व्यवस्थापनमा प्रतिस्पर्धा तीव्र हुँदै गएको कारण देशमा रणनीतिक व्यवस्थापनको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ । दीर्घकालीन उद्देश्य पूरा गर्न, वातावरणीय पक्षको सबल र दुर्बल अवस्थाको पहिचान गर्न, व्यवसायको अवसर र चुनौतीको विश्लेषण गर्दै दीर्घकालीन सोच बनाउन, उत्पादकत्व र नाफा बढाउन, शीघ्र निर्णयका लागि, जनस्तरमा गुणस्तरीय सेवा दिन, जनताको मुहारमा हाँसो र खुशी ल्याउन, भविष्यको व्यावसायिक अनिश्चितताको न्यूनीकरण गर्न, जोखिमलाई कम गर्दै पोर्टफोलियो व्यवस्थापन गर्नसमेत रणनीतिक व्यवस्थापनको महत्त्व र उपादेयता दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । संस्थालाई दिगो, प्रतिस्पर्धी र वातावरणमैत्री बनाउन रणनीतिक व्यवस्थापनको अहम् भूमिका हुन्छ । निजीक्षेत्रका केही कम्पनीले अन्तरराष्ट्रिय अभ्यासको सिको गर्दै रणनीतिक व्यवस्थापनलाई आत्मसात् गरेको भए तापनि सरकारको विभाग, मन्त्रालय र स्वामित्वमा रहेका संघसंस्थाहरूमा रणनीतिक व्यवस्थापनको शुरुआत कमजोर अवस्थामा देखिएको छ । त्यसैले सरकारको स्वामित्वका सार्वजनिक संस्थाहरूले प्रतिस्पर्धी अवधारणालाई अगाडि बढाउन सकेका छैनन् । संस्थागत, व्यावसायिक र कार्यान्वयन अर्थात् संगठनात्मक व्यवस्थापनको तिनओटै तहमा उच्च, मध्यम र तल्लो तहदेखि नै रणनीति बनाउन, प्रभावकारी कार्यान्वयन र नियन्त्रण गर्न उत्तिकै जरुरी पर्छ । तर, केन्द्रीय तहबाट के निर्णय हुन्छ अथवा कार्यालय प्रमुखले के गर भन्छन् हामी त्यही गर्छौ भन्ने पर्ख र हेरको संस्कृति कर्मचारीतन्त्रमा मौलाएको छ । त्यसैले नेपालका अधिकांश सरकारी स्वामित्वको संघसंगठन वा देशको विभाग र मन्त्रालयमा समेतको सेवाप्रवाह न त चुस्तदुरुस्त छ न त उत्पादनमुखी नै छ । एक अनुसन्धानका अनुसार नेपालका केही सरकारी र अर्धसरकारी संगठनहरूका प्रमुख कार्यकारी अधिकृतहरूको दृष्टिकोणमा रणनीतिक व्यवस्थापन भनेको कम्पनीको उद्देश्य प्राप्तिको गेम प्लान हो, जसबाट सेवाग्राहीलाई छिटोछरितो र गुणस्तरीय सेवा र वस्तु दिई संगठनको उत्पादकत्व बढाउन सकिन्छ । कर्मचारीसँग नियमित छलफल गर्नुपर्छ । कम्पनीको सबल, दुर्बल पक्ष तथा अवसर र चुनौतीको बारेमा हुने छलफलले भविष्यको नीतिनिर्माण र निर्णय प्रक्रियालाई सहजीकरण गर्छ, स्रोतसाधनको उच्चतम परिचालन गर्न सकिन्छ । तर, यही प्रकारको अनुसन्धान ग्राहक वा सेवाग्राहीसँगको प्रत्यक्ष भेटघाटबाट प्राप्त सूचना र सम्बद्ध संगठनको वित्तीय विवरण र कार्यसम्पादन मूल्यांकन विवरण हेर्ने हो भने पहिला गरिएका प्रतिबद्धता, बनाइएका रणनीतिले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । तसर्थ रणनीतिक योजना र कुरालाई कागजी गफको पोको भन्नेहरू मनग्य छन् । नेपालको संगठनात्मक व्यवस्थापनको रणनीति क्रमशः उद्देश्य प्राप्त गर्न र जनअपेक्षा पूरा गर्न चुकेको छ । त्यसो त कतिपय निजी क्षेत्रका संस्थाहरू जसमा कुनै भिजन, मिशन, उद्देश्य र रणनीति छैन, नीतिगत विषयहरूको नियन्त्रण एकै व्यक्तिले गर्छ र जो पारिवारिक व्यावसायिक घरानाका रूपमा रहेको छ, त्यस्तो संस्थाको पनि केही समयको अन्तरालमा मनग्य नाफा र उत्पादकत्व बढिरहेको देखिन्छ तापनि अन्ततोगत्वा दीर्घकालीन सोच र रणनीतिक व्यवस्थापनविनाको कम्पनी कुनै पनि बेला कमजोर हुन सक्नेतर्फ समयमै सचेत हुन जरुरी छ । हामीले विश्वको सिको गरेर रणनीति र नीतिहरू उत्कृष्ट त बनाउँछौं । तर, हाम्रो शीप, ज्ञान, कला, धारणा, संस्कृति आदि कारणले त्यसको कार्यान्वयन हुँदैन । प्रतिभा पलायन, राजनीतिक अस्थिरता एवं समयअनुकूल सोचको अभावले कार्यान्वयनको अवस्था पुछारमा रहेकोप्रति सम्बद्ध निकाय बेलैमा सचेत हुन जरुरी छ । प्रतिस्पर्धात्मक, व्यावसायिक र समय सुहाउँदो रणनीतिले मात्र संस्थागत विकास हुन्छ र यो विनाआत्मनिर्भर अर्थतन्त्रको परिकल्पना मिथ्या हुन्छ । आत्मनिर्भर अर्थतन्त्रको पहिलो शर्त सुशासन हो । रणनीतिक व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि चुस्तदुरुस्त कर्मचारीतन्त्र, मितव्ययी अर्थतन्त्र, सुशासन, हस्तक्षेपरहित सार्वजनिक प्रशासन, नियमित अनुगमन र नियन्त्रण, दण्डहीनताको अन्त्य, दूरदर्शी र व्यावसायिक नेतृत्व चाहिन्छ । यी सबै पक्षमा ध्यान दिनसकेमा संगठनात्मक विकास तथा रणनीतिक व्यवस्थापनद्वारा प्रतिस्पर्धात्मक फाइदा लिन सकिन्छ । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई तत्काल काम पूरा गर्न निर्देशन

खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र अवस्थामा छाडिएपछि प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईंले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका छन्। बुधबार दिक्तेल -रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज...

भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको २३ लाख ६८ हजार रुपैयाँमा निर्माण कम्पनी जेपी–लगलगे जेभीले ठेक्का लिएको सडकको ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र छाड्दा स्थानीयलाई आवत जावतमा समस्या भएको […]

जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्

एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि

कांग्रेस महामन्त्रीको परिणामः व्यक्तिका अगाडि गुटगत प्रभाव भुत्ते

काठमाडौँ– नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको परिणामले व्यक्तित्वको अगाडि गुटगत प्रभाव भुत्ते देखिएको छ। सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए पनि आगामी चार वर्षका लागि महामन्त्रीमा ६ जनाबीच दुई पदका लागि भएको प्रतिस्पर्धामा गुटको प्रभाव देखिएन। गुटको प्रभाव देखिएको अवस्थामा पहिलो चरणमै झण्डै बहुमत ल्याएका देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिएका डा. […]

भुत्ते विचार बोकेर कम्युष्टि पार्टी चल्दैन : माधव नेपाल (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)गोदावरी नगरकमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रतिर संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताए । उनले इतिहासप्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको […]

भुत्ते बन्दै युवा नेतृत्व

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणको लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशका युवालाई अवसरको सुनिश्चित गर्दै जानुपर्छ । हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । […]

भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह

स्वागत नेपाल संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ। त्यो तानाशाह लुते भएको कारणले पराजित हुन्छ, किनकि जन्म नै भुत्ते राष्ट्रवादबाट भएको हुन्छ। सच्चा राष्ट्रवादले शक्तिशाली तानाशाहको उदय गराउँछ, त्यो राष्ट्रवादका जार्गन छर्दै जनतालाई भ्रमित पारेर हो...