कञ्चनपुर : कञ्चनपुरका कोरोना प्रभावित विपन्न परिवारलाई राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले राहत वितरण गर्दै आएको छ।महासंघले आइतवार कृष्णपुर नगरपालिकाका ३५ र शुक्लाफाँटा नगरपालिकाका ३५ गरी ७० परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको हो। मन्सुली चामल २५ किलो, मासको दाल पाँच किलो, आयोडिन नुन तीन किलो, सोयाबिन तीन किलो, चिनी तीन किलो, खाने तेल पाँच लिटर र अण्डा एक क्यारेट वितरण गरिएको महासंघका अध्यक्ष ईश्वर सुनारले जानकारी दिए। एक जनालाई पाँच हजार ८५ रुपैयाँ बरावरको राहत वितरण गरिए