कञ्चनपुर : मुक्त हलियाको जीविकोपार्जनका लागि रोजगारी सिर्जना र क्षमता विकास कार्यक्रममा आबद्ध गर्ने बजेट वक्तव्यमा उल्लेख विषयलाई मुक्त हलिया अगुवाले सकारात्मक रूपमा लिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को संयुक्त बैठकमा आव ०७९\८० को बजेट वक्तव्यमा पुनःस्थापन कार्यक्रम अन्तर्गत सुविधा पाउन बाँकी मुक्त कमैया, मुक्त हलिया, कम्लरी तथा हरुवाचरुवाको पुनःस्थापनाका लागि जीविकोपार्जन रोजगारी सिर्जना र क्षमता विकासका कार्यक्रम उल्लेख गरेका छन्। ‘पुनःस्थ