सुनसरी–मोरङमा औद्योगिक सर्वेक्षण सुरु

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य सुरु गरेको छ । संगठनका अनुसार आइतबारबाट तथ्यांक संकलनको कार्य सुरु गरिएको हो । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्य...

सम्बन्धित सामग्री

देशभर ६० हजार औद्योगिक प्रतिष्ठान, ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालन

देशभर रहेका औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार ६० प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन...

राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक,  देशभर ६० हजार १८५ उद्योग

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।...

६० हजार बढी औद्योगिक प्रतिष्ठान, पाँच लाख व्यक्तिलाई रोजगारी

काठमाडौं । नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । औद्योगिक प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय […]

३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

कोभिड-१९ को प्रभाव हालसम्म ३९ प्रतिशत मात्र उद्योगहरु पूर्ण उत्पादनमा रहेको तथ्यांकले देखाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको केन्द्रीय तथ्यांक विभागले यस अवधिमा चारवटै औद्योगिक क्षेत्र मध्ये ३९.९ प्रतिशत उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको बताएको हो । औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योगहरु मध्ये १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत,  २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिश

६४.४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोग – सर्वेक्षण

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ ।यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृ

बाढीले मोरङ औद्योगिक करिडोरमा साढें दुई अर्बको क्षति

काठमाडौं, कात्तिक १४ । बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा मात्र साढें २ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको सर्वेक्षण प्रतिवेदन अनुसार कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण २ अर्ब ४८ करोड बराबरको क्षति भएको छ । जसमध्ये मेशिन औजारमा ८९ करोड […]

सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगिक सर्वेक्षण सुरु

उद्योग सङ्गठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याङ्क सङ्कलन गर्न थालेको छ । तथ्य र तथ्याङ्कमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानको औद्योगिक तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यसाथ औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरेको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले पछिल्लो समयको यकिन तथ्याङ्कसहितको औद्योगिक वस्तुस्थिति समेट्ने योजनासहित सर्वेक्षण सुरु गरिएको बताउनुभयो । एक पटक यस्तो ‘डाटाबेस’ तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]

उद्योग संगठनले शुरू गर्‍यो औद्योगिक सर्वेक्षण

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक तथ्यांक संकलनको कार्य आइतवारदेखि शुरू गरेको छ । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक सर्वेक्षण–२०७८ शुरू गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । एकपटक यस्तो डेटाबेस तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको जानकारी उनले दिए । संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरूको सबै र बाँकी अन्य उद्योगको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार उद्योगका विविध आयाम समेटिएका करीब १०० ओटा प्रश्न लिएर पाँचजना गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् । संगठनले तथ्यांकको गुणस्तरीयतालाई ध्यानमा राख्दै गणकहरूका लागि २ दिनको तालीम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोबाइल एपबाट तथ्यांक संकलन गर्नेछन् । यसरी संकलन गरिएको तथ्यांकको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिनेछ । प्mयाक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम असोज महीनाभित्र सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने बताइएको छ । संगठनले तथ्यांक संकलनका लागि खटिआउने संगठनका प्रतिनिधिहरूलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्यांक र डेटाबेस तयार गर्ने अभियानमा सघाउन संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवालालाई अपिल गरेको छ ।