सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगिक सर्वेक्षण सुरु

उद्योग सङ्गठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याङ्क सङ्कलन गर्न थालेको छ । तथ्य र तथ्याङ्कमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानको औद्योगिक तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यसाथ औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरेको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले पछिल्लो समयको यकिन तथ्याङ्कसहितको औद्योगिक वस्तुस्थिति समेट्ने योजनासहित सर्वेक्षण सुरु गरिएको बताउनुभयो । एक पटक यस्तो ‘डाटाबेस’ तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]

सुनसरी–मोरङमा औद्योगिक सर्वेक्षण सुरु

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य सुरु गरेको छ । संगठनका अनुसार आइतबारबाट तथ्यांक संकलनको कार्य सुरु गरिएको हो । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्य...