उद्योग संगठनले शुरू गर्‍यो औद्योगिक सर्वेक्षण

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक तथ्यांक संकलनको कार्य आइतवारदेखि शुरू गरेको छ । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक सर्वेक्षण–२०७८ शुरू गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । एकपटक यस्तो डेटाबेस तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको जानकारी उनले दिए । संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरूको सबै र बाँकी अन्य उद्योगको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार उद्योगका विविध आयाम समेटिएका करीब १०० ओटा प्रश्न लिएर पाँचजना गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् । संगठनले तथ्यांकको गुणस्तरीयतालाई ध्यानमा राख्दै गणकहरूका लागि २ दिनको तालीम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोबाइल एपबाट तथ्यांक संकलन गर्नेछन् । यसरी संकलन गरिएको तथ्यांकको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिनेछ । प्mयाक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम असोज महीनाभित्र सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने बताइएको छ । संगठनले तथ्यांक संकलनका लागि खटिआउने संगठनका प्रतिनिधिहरूलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्यांक र डेटाबेस तयार गर्ने अभियानमा सघाउन संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवालालाई अपिल गरेको छ ।

सम्बन्धित सामग्री

आर्थिक सर्वेक्षण : विद्युत्मा तीव्र, रेलमा सुस्त

आन्तरिक तथा बाह्य कारणले देशको अर्थतन्त्र सिथिल हुँदा उद्योग व्यवसायदेखि विकास निर्माणसम्म प्रभावित भएका छन् । सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ ले अर्थतन्त्रका सूचक कमजोर तथा विकास निर्माण सुस्त...

उद्योग विभागमा ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता

०७९ फागुनसम्म उद्योग विभागमा औद्योगिक बौद्धिक सम्पत्तिका रुपमा करिब ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता भएका छन्। सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ अनुसार ५७ हजार ७७९ ट्रेडमार्क दर्ता...

कर्णालीमा उद्योगको अवस्था कमजोर

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा उद्योग प्रतिष्ठानको अवस्था कमजोर देखिएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को प्रारम्भिक नतिजाले कर्णाली प्रदेशमा उद्योगको अवस्था कमजोर रहेको देखाएको हो । सर्वेक्षण अनुसार देशभर ६० हजार १८५ उद्योग रहेकोमा कर्णालीमा भने जम्मा १ हजार ६ सय ३५ उद्योग सञ्चालनमा रहेका छन् । ती मध्ये खानी तथा उत्खनन् सम्बन्धी ५, […]

देशभर ६० हजार उद्योग पौने चार लाखलाई रोजगारी

नेपालमा उद्योग प्रतिष्ठानको संख्या ६० हजार पुगेको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ ले देशभर ६० हजार एक सय ८५ उद्योग सञ्चालनमा रहेको देखाएको हो । तीमध्ये सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५६...

राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक,  देशभर ६० हजार १८५ उद्योग

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।...

लकडाउनका बेला ३४ प्रतिशत उद्योग बन्द

कोभिड-१९ का कारण लकडाउन हुँदा ३४ वटा उद्योग पूर्ण रुपमा बन्द हुन पुगेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको विभागले कुल उद्योगहरुमध्ये ३४ प्रतिशत पूर्णरुपमा बन्छ भएको देखाएको हो ।यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३  प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा जम्मा ६०,१८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका छन्। तीमध्य

३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

कोभिड-१९ को प्रभाव हालसम्म ३९ प्रतिशत मात्र उद्योगहरु पूर्ण उत्पादनमा रहेको तथ्यांकले देखाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको केन्द्रीय तथ्यांक विभागले यस अवधिमा चारवटै औद्योगिक क्षेत्र मध्ये ३९.९ प्रतिशत उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको बताएको हो । औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योगहरु मध्ये १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत,  २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिश

महामारीबाट तङ्ग्रिँदै अर्थतन्त्र, ८७ प्रतिशत पूर्णरुपमा सञ्चालन

कोभिड–१९ महामारीबाट बन्द भएकामध्ये ८७.२ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रीय बैंकले यो वर्षको कात्तिक ७ देखि १७ गतेमा सर्वेक्षण सम्पन्न गरेको थियो ।पुनरावृत्ति सर्वेक्षणमा २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा सुधार आएको पाइएको छ । कोभिड पूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]