पर्वत : जिल्लाको मोदी गाउँपालिकाले अबदेखि उपभोक्ताको विद्युत् महसुल तिरिदिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ वापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ।सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको छ। गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँप