सुर्खेत : कर्णाली प्रदेशका १२ वटा सरकारी कार्यालयले विद्युत् महसुल बुझाएका छैनन्। विद्युत् प्राधिकरणका अनुसार महसुल नबुझाउनेमा प्रदेशका मन्त्रालयदेखि जिल्लास्थित कार्यालयहसम्म छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले २२ महिनादेखि विद्युत महशुल बुझाएको छैन। यस मन्त्रालयले चार लाख आठ हजार पाँच सय ७० रुपैयाँ ७३ पैसा नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ ।त्यसैगरी भूकम्प मापन केन्द्रले समेत विगत एक वर्षदेखि विद्युत् महसुल बुझाएको छैन। केन्द्रले कुल तीन लाख ८७ हजार ८९९ रुपैयाँ ५८ पैसा बुझाउन