उपन्यासकार भिक्टर प्रधानद्वारा लिखित ‘बिडुडभ र कपिलवस्तुको पतन’ कृति बजारमा आएको छ । वी रिडले प्रकाशनमा ल्याएको सो उपन्यासमा बुद्ध कालका ऐतिहासिक घटनालाई मुख्य विषयवस्तु बनाइएको छ ।उपन्यासमा बुद्धको जन्मस्थल कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । यसमा कपिलवस्तुको वैभवशाली गौरवको इतिहासको विस्तृत जानकारी समेटिएको छ भने शाक्य वंशको विनाशको मुख्य कारण र जातीय रक्तशुद्धिको घटना प्रस्तुत गरिएको छ । उपन्यासभित्र बुद्ध झल्याकझुलुक देखा पर्छन् तर उनको जीवनीका रूपमा होइन । शाक्य वंशको विन