भारतीय बजारमा किनमेल बढेपछि नेपालका व्यापारी चिन्तित

चन्द्रौटा : दशैँ नजिकिएसँगै भारतीय बजारमा किनमेल बढेको भन्दै नेपालका व्यापारीहरू चिन्तित भएका छन्। शुक्रबार कपिलवस्तुको कृष्णनगरमा जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले संयुक्त रूपमा उपभोक्ता सचेतना कार्यक्रम गरेका छन्।चाडपर्वको अवसरमा उपभोक्ताहरू नेपाली बजारभन्दा भारतीय बजारमा आकर्षित हुने, किनमेलका लागि नजिकैको भारतीय बजार जाने हुँदा चन्द्रौटा उद्योग वाणिज्य सङ्घ, कपिलवस्तु उद्योग वाणिज्य सङ्घ र बुद्ध भूमि उद्योग वाणिज्य सङ्घले जिल्लाको कृष्णनगर बजारमा सचेतना कार्यक्रम सम्पन

सम्बन्धित सामग्री

डीएनए परीक्षणको बाध्यताले सुपारी निकासीमा समस्या

विराटनगर । इन्डोनेशियाबाट आयात हुने सुपारीका कारण कोशी प्रदेशमा उत्पादित सुपारीले भारतीय बजार गुमाउन थालेको छ । एलसी खोलेर तेस्रो मुलुकबाट आयात भएको सुपारी अवैध बाटो हुँदै भारतीय बजार पुर्‍याइने गरेको घटनालाई आधार बनाएर संसदीय समितिले सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएपछि नेपाली उत्पादनले भारतीय बजार गुमाउन थालेको हो । एक वर्षअघि भारत निकासी गर्न खोज्दा झापाको उत्पत्तिको प्रमाणपत्र भएको चार ट्रक सुपारी विवादमा पर्‍यो । विराटनगर र भारतीय भन्सारबाट जाँचपास सकिएको सुपारी मिरगञ्जको पुल भत्किएका कारण पुन: विराटनगर हुँदै सुनसरीको भण्टाबारी नाकाबाट लैजानुपर्ने भयो । त्यही क्रममा उक्त सुपारी प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो । पछि राजस्व अनुसन्धान विभागको निर्देशनमा ५ महीनापछि रोकिएको सुपारी निकासी भएको थियो ।  उक्त सुपारीको विषय सदनसम्म पुग्यो । संसदीय समितिले सुपारी पहिचानका लागि डीएनए परीक्षण गराउन सरकारलाई निर्देशन दियो । तर, त्यस्तो परीक्षण गर्ने प्रयोगशाला र कृषि उपजको डीएनए परीक्षण गर्ने इतिहास नै नभएका कारण यसपटक किसानले ५५ रुपैयाँ किलोमा काँचो सुपारी बेचे पनि व्यापारीलाई निकासीको चिन्ताले सताएको छ ।  इन्डोनेशियाबाट ल्याएको सुपारी भारतीय बजारमा बेच्दा किलोमै ५ सय रुपैयाँ नाफा हुने भएकाले व्यापारीले सरकारको उच्च तहसँग मिलेर तोकिएको कोटा बराबर सुपारी आयात गर्थे । मोटो रकमको चलखेल भएको भन्दै सुपारी निर्यात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्था गरिएपछि सुपारी किसान र व्यापारी मारमा परेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडा बताउँछन् ।  उनी भन्छन्, ‘आयात गर्दा डीएनए परीक्षण गर्नुपर्ने प्रावधान छैन । निकासीमा डीएनए परीक्षण गरी नेपालकै उत्पादन भएको प्रमाणित गर्नुपर्छ । अनिमात्र भारत निकासी गर्न पाइन्छ । यो प्रावधानले किसान र व्यापारी दुवैलाई समस्या भएको छ ।’  नेपालबाट भारत निकासी हुने अन्य कृषि उत्पादनमा डीएनए परीक्षण आवश्यक छैन । सुपारीमा मात्रै यस्तो व्यवस्था हुनु अन्यायपूर्ण रहेको उनले बताए । खतिवडा भन्छन्, ‘हामीले झापामा सुपारी खेती हुन्छ, यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत सुपारी जोन छ भनेर संसदीय समितिका सदस्यहरूलाई बगान घुमाएपछि मात्र उहाँहरू विश्वस्त हुनुभयो । तर, पहिले नै निर्देशन दिएर आउनुभएको रहेछ । हामी संशोधन गर्छौं भन्नुहुन्थ्यो, तर अहिलेसम्म भएन ।’  यसपालि झापाका किसानले ५५ रुपैयाँ किलोका दरले व्यापारीलाई सुपारी बेचेका छन् । निकासी सहज भइदिए आफूहरूले पनि राम्रै मूल्य पाउने किसानको अपेक्षा छ ।  उर्लाबारीका सुपारी थोक विक्रेता खुश्बु शर्माले यसपटक किसानसँग ५५ रुपैयाँ किलोको दरले सुपारी किनेको बताइन् । किसानसँग किनेको सुपारी उनी प्रशोधन गर्ने कम्पनीलाई विक्री गर्छिन् । प्रशोधन कम्पनीले प्रशोधन गरेर थोक व्यापारीलाई बेच्छन् । बजारमा सुकेको सुपारीको मूल्य अहिले प्रतिकिलो ७ सय रुपैयाँ छ । यो सिजनको सुपारीको नयाँ फल माघदेखि बजारमा आउन थालेको छ ।

आईसीपीको कस्टम यार्डमा कार्गो ल्याउन निजीक्षेत्र तयार

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेको लामो समयपछि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम यार्डमा भारतको कोलकाता बन्दरगाहबाट कार्गो ल्याउन निजीक्षेत्र तयार भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत सहितको टोलीले विराटनगरस्थित आईसीपीको भ्रमण गरी उद्योगी व्यवसायीसँग छलफल गरेपछि निजीक्षेत्र नेपाल कस्टम यार्डमा कार्गाे ल्याउन तयार भएको हो ।  महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोलीले कोशी प्रदेशका उद्योगी व्यवसायीलाई सोमवार भेटेर नेपाल कस्टम यार्ड प्रयोग गरी आयातनिर्यात गर्न आग्रह गरेको हो । अधिकारीहरूको आग्रहपछि व्यवसायी कोलकाता बन्दरगाहबाट नेपाल कस्टम यार्डमा ‘माल मगाएर हेर्न’ तयार भएका हुन् । सामान लोड अनलोड गर्ने सुविधा र सेडको अभाव भएको गुनासो गर्दै आएका उद्योगी व्यवसायीले बन्दरगाहबाट माल ल्याएपछि यार्डको भौतिक अवस्था र ढुवानी लागतबारे स्पष्ट हुनेछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला गत जेठ १८ गते दुई देशका प्रधानमन्त्रीबाट उक्त आईसीपी उद्घाटन भएको थियो । उद्घाटनको दिन आरती स्ट्रिपको एचआर सीट बोकेर कार्गाे रेल आएको थियो । त्यसपछि गत पुसमा पशुपति आइरनको स्पन्ज आइरन लिएर अर्काे कार्गाे आयो । तर, निजीक्षेत्रको अपेक्षाअनुरूप कार्गाे नियमित सञ्चालन हुन सकेको छैन ।  कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटा वस्तुमात्र ल्याउन पाउने सम्झौताका कारण आईसीपीको नेपाल कस्टम यार्डसम्म मालवस्तु आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । सम्झौताअनुसार कोलकोता बन्दरगाहबाट विराटनगरस्थित आईसीपीमा सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाइन्छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ । अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीहरूबीच पटकपटक वार्ता भए पनि त्यसले सकारात्मक परिणाम ल्याउन सकेको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो ।  पछिल्लो समय दुवै देशका अधिकारीहरुबीच सबै सामान ढुवानी गर्न पाउने गरी सम्झौता पुनरवलोकन गर्ने विषयमा छलफल अघि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल मोरङ व्यापार संघको निम्तोमा विराटनगर आउनुभएका बेला गत पुसमा उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई समस्या अवगत गराएपछि उहाँले कार्गाे शुरू गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले अहिले भारतबाट रेलमार्फत ढुवानी गर्नुपर्ने सामान विराटनगर आईसीपीमा ल्याउन समस्या नरहेको बताए । यसै महीना बस्ने दुई देशका सचिवस्तरीय बैठकबाट टुंगो लागेपछि अन्य वस्तुको कार्गाे पनि आउने उनको भनाइ छ । वाणिज्य सहसचिव स्तरमा यो विषय उठेकाले सचिवस्तरीय बैठकबाट टुंगो लाग्ने र कार्गो शुरू हुने उनले बताए ।  मोरङ व्यापार संघका कार्यकारीणी सदस्य अमित शारडाले दुई देशका सरकारले वार्ता गरेर यो समस्याको समाधान एकै दिनमा निकाल्न सक्ने बताए । भारतीय दूतावासले चाहँदा समस्याको समाधान तत्कालै गर्न सक्ने भए पनि ८ महीनासम्म अल्झिँदा आईसीपीको फाइदा निजीक्षेत्रले लिन नसकेको उनको गुनासो छ । उनले आईसीपीको कोड आइसकेकाले कोलकाताबाट आईसीपीमै माल मगाउन शुरू गरिएको जनाए । माल यहाँ आएपछि भाडा कति बढी या कम लाग्छ र भौतिक पूर्वाधारमा केके कुरा आईसीपीमा थप्नुपर्छ भन्ने थाहा हुने बताए । अहिले भारतबाट ल्याइएको माल जोगवनी आईसीपीमा अनलोड गर्नुपर्छ ।  जोगवनीबाट सिलिगुडी र रक्सौल रेल सेवाको तयारी  विराटनगर–सीमावर्ती भारतीय बजार जोगबनीबाट पश्चिम बंगालको सिलिगुडी र विहारको रक्सौलसम्म रेलसेवा सञ्चालनको तयारी शुरू भएको छ । नेपालका सीमावर्ती क्षेत्रमा चल्ने रेलको फाइदा नेपाली यात्रुलाई पनि हुनेछ । विराटनगर आसपासका धेरै मानिसको किनमेलको क्षेत्र पश्चिम बंगालको सिलिगुडी शहर हो । व्यावसायिक कामका लागि उद्योगी व्यापारी रक्सौल पनि जान्छन् । व्यावसायिक र घरायसी सामान किन्न विराटनगरबाट काँकडभिट्टा नाका हुँदै सिलिगुडी जाने यात्रुलाई जोगवनीबाट सोझै रेल चढेर जाने सुविधा थपिँदै छ ।  औद्योगिक कच्चा पदार्थ कहिलेकहीँ रक्सौल हुँदै वीरगञ्ज नाकाबाट कोशी प्रदेशका उद्योगमा ल्याउने गरिएको छ । त्यसका लागि व्यवसयाीलाई गाडीबाट १ दिन लगाएर जानुपर्ने बाध्यता छ । भारतको रेल विभागले सीमापारिका ती दुई बजारमा जोगबनीबाट रेल सञ्चालनको तयारी गरेको हो ।  भारतीय रेलका उपनिर्देशक राजेश कुमारद्वारा जारी सूचनाअनुसार जोगबनीबाट सिलिगुडी सातामा ५ दिन र जोगबनीबाट रक्सौल सातामा २ दिन रेल सञ्चालन हुनेछ । सोमवार र बिहीवार जोगबनी–रक्सौल र अन्य वार जोगबनी–सिलिगुडी रेल सञ्चालनको तयारी छ । थप रेल आउने भएकाले जोगबनीस्थित रेल स्टेशनमा निर्माण कार्य धमाधम भइरहेको छ । भारतको जोगबनीस्थित हिन्दुस्तान टाइम्सका पत्रकार वरूण मिश्राका अनुसार स्टेशनमा पिट लाइन बिछ्याइँदै छ भने रेल सफाइ र धुलाइका लागि पनि अलग्गै स्थान बनाउने तयारी छ । यस्तै यात्रीका लागि अर्को प्लेटफर्म पनि बनाउने तयारी छ । जोगबनीबाट शुरू हुने नयाँ रूटमा सबैभन्दा बढी दरभंगा र सहरसाका यात्री हुने स्थानीयको भनाइ छ । रक्सौलबाट जोगवनी रेल सेवा शुरू भए यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन सजिलो हुने र लागत पनि कम लाग्ने मोरङ व्यापार संघका महासचिव अनिल शारडाले बताए । रक्सौलबाट वीरगञ्ज हुँदै फेरि विराटनगरसम्म माल ढुवानी गर्दा लामो रूट पर्ने र ढुवानी भाडा बढी लाग्ने गरेकोमा सोझै रक्सौलबाट जोगवनी ल्याउँदा खर्च केही कटौती हुने उनले बताए ।

दशैँकाे किनमेल : सामान किन्न रक्साैल जान्छन् नेपाली, वीरगञ्ज सुनसान

पर्सा – दशैँ शुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन । नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दशैँका अवसरमा उपभोग्य सामग्री किन्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुन थालेका हुन् । अहिले ठूलो सङ्ख्यामा नेपाली दिनहुँजसो समान किन्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भीड बढ्न गएको रक्सौलका व्यापारी बताउँछन् । नेपाली ...

सरकारको गलत कर नीतिका कारण तस्करी बढ्यो : उपभोक्तावादी

विराटनगर। सरकारको गलत कर नीतिको कारण तस्करी मौलाएको र चाडपर्वमा नेपाली बजार सुक्ने, तर सीमा नजिकका भारतीय बजार गुल्जार हुने गरेको उपभोक्ताको गुनासो छ । सरकारले दैनिक उपभोग्य वस्तुमा अत्यधिक कर लगाएकाले त्यस्ता वस्तु भन्सार नाकाबाट नभई तस्करीमार्फत नेपाल भित्रिरहेको बताइएको छ । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरूले सरकारको गलत भन्सार नीतिका कारण चाडबाडमा विराटनगरको बजार सुनसान हुने गरेको बताए । ‘आसन्न चाडपर्व र हाम्रो साझा दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले चिनी, तयारी कपडा लगायत सामग्रीमा ३० प्रतिशतभन्दा बढी भन्सार महसुलका साथै मूल्य अभिवृद्धि कर लगायत कारण चोरीपैठारी बढेको गुनासो गरे ।  ‘देशमा वार्षिक तीन लाख टन चिनी खपत हुन्छ । स्वदेशी उत्पादन एक लाख जति छ । त्यसमा पनि दुई/चार जना चिनी मिलका मालिकलाई पोस्नेगरी सरकारले आयातित चिनीमा चर्काे कर लगाउँदा आम उपभोक्ता मारमा परिरहेका छन्,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने । सरकारको अव्यावहारिक नीतिका कारण व्यापारी, उद्योगी र आम जनता मर्कामा परेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । उपभोक्तालाई नेपाली बजारमै भारतीय बजारमा सरह सामान उपलब्ध गराउने गरी सरकारी नीति आउनुपर्नेमा उनले जोड दिए ।  सरकारको नीतिका कारण आम उपभोक्तामाथि थपिएको मूल्यवृद्धिको असर अन्त्य हुनुपर्ने धारणा संघका महासचिव अनिल सारडाले राखे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बजार अनुगमन नियमित भइरहेको र गलत गर्नेहरूलाई कारबाही पनि भइरहेको बताए । स्थानीय पालिकाहरूसँग पनि समन्वय गरेर बजार अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरले नियमित बजार अनुगमन गरिरहे पनि कानूनी अधिकारको अभावमा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकारे । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अशोक गुरागाईं र वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयकी निमित्त प्रमुख ऋचा हुमागाईंले ती कार्यालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए ।

सीमा नाकामा कडाइले जोगवनी जाने नेपाली ८० प्रतिशत घटे

विराटनगर। सीमावर्ती भारतीय बजार जोगवनीबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम साउन १ देखि कडाइका साथ लागू भएपछि किनमेल गर्न पारि जाने क्रम स्वाट्टै घटेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा जोगवनी नाकामा कडाइ शुरू भएको दोस्रो दिन सामान्न किन्न पारि जाने ग्राहक ८० प्रतिशतले घटेका छन् । भारतीय बजार जोगवनीमा ८० प्रतिशत विक्री घटेको स्थानीय पसलेले बताएका छन् । जोगवनीमा दैनिक १५ करोड रुपैयाँको किनमेल हुन्थ्यो । जोगवनी बजारका ग्राहक ९८ प्रतिशत नेपाली हुन्छन् । महानगरका मेयर नागेश कोइरालाको अनुरोधमा विराटनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालयलगायत सुरक्षा निकाय प्रमुख, मोरङ व्यापार संघलगायत औद्योगिक व्यापारिक संघसंस्थाको छलफलले साउन १ गतेबाट सय रुपैयाँभन्दा बढीको सामान रोक्ने नीतिका साथ जोगवनीमा किनमेल गर्न जान सर्वसाधारण निरुत्साहित हुने गरी कडाइ गरिएको हो । यसअघि पश्चिमको सुनौली नाकामा पनि त्यस्तै कडाइ गरिएको थियो ।  विराटनगरका व्यापारीले जोगवनीका कारण आफूहरूको व्यापार नचलेको र महानगरपालिकालाई कर तिर्न नसक्ने अवस्था आएको गुनासो नगरप्रमुख कोइरालासमक्ष गरेपछि महानगरले समन्वय गरेर नाकामा कडाइ गरेको हो । भन्सार ऐनमा सीमापारिबाट सय रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु ल्याएमा भन्सार महसुल बुझाउनुपर्ने प्रावधान छ । यसैमा टेकेर भन्सार कार्यालयले समेत नाकामा कडाइ गरिरहेको छ । भन्सारमा गरिएको कडाइलाई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वागत गरेका छन् । उनीहरूले उद्योगी व्यवसायीलाई अवैध रूपमा भित्रिएको सामान नकिन्न समेत आग्रह गरेका छन् ।  मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले जोगवनीमा दैनिक १५ करोड रुपैयाँ बराबरको किनमेल नेपालीले गर्ने गरेको बताए । तुलनात्मक रूपमा केही सस्तो छ भनेर पारि जानेहरू तौल र गुणस्तरमा ठगिने उनको दाबी छ ।  सीमामा गरिएको कडाइको स्वागत गर्दै उनले अझ कडा बनाइनुपर्ने र किनमेल गर्न पारि जाने संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताए ।  विराटनगर भन्सारका सूचना अधिकारी परशुराम दाहालका अनुसार सीमापारिबाट ल्याएका सामानमा कडाइका साथ चेकजाँच भइरहेको छ । दाल, चामल, चिनी, मसलालगायत सबै प्रकारका खाद्य र पेय पदार्थको झोलापोकामा हुने आयात बन्द गरिएको छ । सीमापारिबाट घरेलु प्रयोजनका लागि खाद्य र पेय पदार्थ ल्याउनेले पनि खाद्य परीक्षणको रिपोर्ट बुझाएर मात्र जाँचपास गर्न पाउने विराटनगर भन्सार कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले मुख्य नाका सहित छोटी नाकामा समेत कडाइ गर्दै लगिने बताए । सबैको सहयोग भयो भने अवैध रूपमा हुने आयात रोक्न सकिने उल्लेख गर्दै उनले महानगरको समन्वयमा प्रशासन, व्यवसायी, सुरक्षाकर्मी, राजस्व प्रशासन र सामाजिक अभियन्तासमेतको बैठकले गरेको निर्णयलाई सुरक्षा निकायले कार्यान्वयनमा ल्याएको बताए । मोरङको ६३ किलोमीटर सिमाना भारतसँग जोडिएको छ ।  नेपालमा स्वागत भारतमा विरोध यो कडाइको महानगरवासीले स्वागत गरेका छन् । सीमावर्ती भारतीय बजार जोगवनीका व्यापारीले त्यसको विरोध गरेका छन् । जोगवनीका व्यापारी मोहमद जावेदले साउन १ गतेबाट आफ्नो व्यापार ८० प्रतिशत घटेको बताए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई यस्तो कडाइले असर गर्ने बताए । अर्का व्यापारी मोहमद रहमानले भारतीयले पनि नेपालमा किनमेल गर्ने गरेको स्मरण गर्दै दुवैतिर खुला सिमाना हुन्जेल किनमेलमा रोकतोक गर्न नहुने बताए ।  विराटनगरका खुद्रा पसलेले पनि नाकामा गरिएको कडाइको स्वागत गरेका छन् । उनीहरूले संगठित रूपमा हुने अवैध आयात पनि बन्द गरिनुपर्ने बताए । अम्बिका वस्त्रालयका प्रदीप अग्रवालले सीमामा कडाइ शुरू भएपछि विराटनगर बजार गुल्जार हुने अपेक्षा गरे । कडाइले बजारको शाख फर्कने उनले बताए ।

भारतीय भूमिमै भारु छाडेर किन नेरुतिर आकर्षित भए व्यापारी?

विराटनगर : विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्। उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको…

सीमापारी दशैँको रौनक, वारी सुनसान

किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलिहवाका व्यापारी निराश रहेको बताए।...

गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुर : सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ। प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।  नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारी...