२१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदार नविन राईलाई स्थानान्तरण गरिएको छ । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालका अनुसार अभिषेक गिरीलाई मोरङ पठाउने निर्णय भने तत्काललाई स्थगन गरिएको छ ।