गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याउन चौकीदारसहितका कैदीबन्दीको सरुवा

गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने वातावरण मिलाउने प्रयासस्वरुप विगत डेढ महिनामा मोरङ कारागारमा तीनजना चौकीदार फेरिएका छन् । कारागार विभागले यो अवधिमा मोरङ कारागारबाट चौकीदारसहित कैदी भुक्तान गरिरहेका २२ जनाको सरुवा गरेको छ ।विभागले गुण्डा नाइके गिरीलाई मोरङ कारागारमा सरुवा गर्ने निर्णय कार्यान्वयन गराउने उद्देश्यले बुधबारमात्र एकै पटक चौकीदार कार्तिक कामतसहित ८ जना कैदीबन्दीको सरुवा निकालेको छ । बुधबार सरुवा हुनेहरूमा चौकीदार कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत,