काठमाण्डाै - पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहील...